• मंसिर २२, २०८१
  • No Comment
  • 187

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा गर्दैछन् । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरू हुनेछ ।

जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एनपिएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार ब्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले हारेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।

सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ ।

त्यस्तै, शनिको दोस्रो खेलमा कणर्ाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्। यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १ बजे सुरू हुनेछ ।

जसमा दुईवटामा पराजित हुँदा एक खेल भने जितेको छ। तीन खेल खेलेको विराटनगर किङ्गसले पनि यसअघि दुई खेलमा हार भोग्दै एक खेल जितेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे र दिउँसो एक बजे रोचक दुई भिडन्त हुन लागेका हुन ।

सम्बन्धित खबर

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…
सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र अब नागरिकका घरदैलोमा

सेवा प्रवाहमा नयाँ अभ्यासः राहदानी र सवारी चालक अनुमतिपत्र…

 काठमाडौँ, ३ वैशाख । सरकारले सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पु¥याउने लक्ष्यसहित राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) घरमै वितरण गर्ने नयाँ अभ्यास…

Leave a Reply

Your email address will not be published. Required fields are marked *