• मंसिर २०, २०८१
  • No Comment
  • 249

जाजरकोटमा जीप दुर्घटना : चालकसहित तीनजना घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन । बुधबार बेलुका ८:५५ को समयमा जाजरकोटको भेरीनगरपालिका -१० नुवागाँड स्थित मध्य पहाडी लोकमार्गमा काकीगाँडबाट कुदु तर्फ आउदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते हुनेमा गाडी चालक कैलाली घर भइ हाल भेरी नगरपालिका- ७ स्याउली बजारमा मध्येपहाडी लोकमार्गमा काम गर्ने २५ वर्षीय मनोज के. सी, जुम्ला घर भइ हाल सोही वडामा काम गर्ने २३ वर्षीय मिथुन हमाल,  दाँङ्गको घोराही उपमहानगरपालिका – ८ का २३ वर्षीय कमल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनाको खबर आए पश्चात प्रहरी नायव निरिक्षक दल बहादुर विष्टको  कमाण्डमा ४ जनाको टोलीले घाइतेहरुलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि ७०० तल खसेको र घटनाको थप विवरण आउन बाँकि रहेको  प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *