• मंसिर २०, २०८१
  • No Comment
  • 199

जाजरकोटमा जीप दुर्घटना : चालकसहित तीनजना घाइते

जाजरकोटमा जीप दुर्घटना हुँदा चालकसहित तीनजना घाइते भएका छन । बुधबार बेलुका ८:५५ को समयमा जाजरकोटको भेरीनगरपालिका -१० नुवागाँड स्थित मध्य पहाडी लोकमार्गमा काकीगाँडबाट कुदु तर्फ आउदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घाइते हुनेमा गाडी चालक कैलाली घर भइ हाल भेरी नगरपालिका- ७ स्याउली बजारमा मध्येपहाडी लोकमार्गमा काम गर्ने २५ वर्षीय मनोज के. सी, जुम्ला घर भइ हाल सोही वडामा काम गर्ने २३ वर्षीय मिथुन हमाल,  दाँङ्गको घोराही उपमहानगरपालिका – ८ का २३ वर्षीय कमल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनाको खबर आए पश्चात प्रहरी नायव निरिक्षक दल बहादुर विष्टको  कमाण्डमा ४ जनाको टोलीले घाइतेहरुलाई उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
जिप सडकदेखि ७०० तल खसेको र घटनाको थप विवरण आउन बाँकि रहेको  प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *