• मंसिर १३, २०८१
  • No Comment
  • 189

सिम्ताकाे जामुनेमा मोटरसाइकल दुर्घटना : दुई  जना घाइते

सुर्खेतको सिम्ता गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा  दुई जना घाइते भएका छन् । बिहीवार सल्ली बजारबाट कालीखोलातर्फ जाँदै गरेको भे ८ प १६०३ नम्बरको मोटरसाइकल सिम्ता गाउँपालिका-६ स्थित जामुने बजारमा आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा सल्यान वनगाड कुपिन्डे नगरपालिका-६ बस्ने वर्ष ३२ का कृष्ण बिक र वर्ष २४ का राम बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइते दुवै जनाको अवस्था मध्यम रहेको छ ।
प्रहरीका अनुसार उनीहरुलाई उपचारको लागि नेपालगञ्जतर्फ पठाइएको छ । घटनाको विवरण आउन बाँकि रहेको छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा…

 सुर्खेत। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आयोजनामा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम चौकुने गाउँपालिकामा…
ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक गम्भीर घाइते

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अभय लामा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका छन्। आइतबार साँझ ड्युटि…
अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त

अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त

 काठमाडौँ । अस्ट्रेलिया को १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक एक महिलालाई सेनाको प्रमुखमा नियुक्त गरिएको छ। रिचर्ड मार्लेस ले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *