• मंसिर ११, २०८१
  • No Comment
  • 136

अवैध पेस्तोलसहित २१ वर्षीय युवक पक्राउ

कपिलवस्तुमा अवैध पेस्तोलसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका-६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिर पक्राउ परेका छन् ।

कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा कालो रंगको ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

साथै, पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।

फकिरले मोटरसाइकल चोरी गर्न खोजिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आएको प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *