• मंसिर ११, २०८१
  • No Comment
  • 176

अवैध पेस्तोलसहित २१ वर्षीय युवक पक्राउ

कपिलवस्तुमा अवैध पेस्तोलसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका-६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिर पक्राउ परेका छन् ।

कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा कालो रंगको ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

साथै, पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।

फकिरले मोटरसाइकल चोरी गर्न खोजिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आएको प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *