• मंसिर ९, २०८१
  • No Comment
  • 144

शरीरमा पानीको कमी भएमा हुने समस्या हेर्नुहोस

जाडो मौसममा प्राय मानिसहरुले पानी पिउन निकै कम गरिरहेका हुन्छन ।
शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन ।

शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नु पर्छ । साथै शरीरमा पानीको पर्याप्त मात्रा हुँदा मुटुले शरीरका रक्त नलीबाट सजिलै रक्तसञ्चार गर्छ र मांसपेशीमा पनि पर्याप्त रक्तप्रवाह हुन्छ । तर पानीको मात्रा नपुगे हाम्रो मुटुले रक्त नलीहरूबाट शरीरभर रगत पठाउन धेरै मेहनत गर्नुपर्छ ।

यदि शरीरमा पर्याप्त तरल पदार्थ भए मूत्र नली स्वस्थ्य रहन्छ र संक्रमण पनि न्यून हुन्छ । तर पानी कम भएमा पिसाबबाट निस्कने नुन र विभिन्न खनिज मिर्गौलामा जम्छन् र यहि पत्थरीका रुपमा देखा पर्दछ ।

शरीरमा पानीको आपूर्ती गर्न पानी पिउनुका अलावा पानीयुक्त खानेकुरा, फलफूल जस्तै तरबुजा, कांक्रा, सागपात, काँचो ब्रोकाउली, स्याउ, गाजर, चुकन्दर आफ्नो दैनिक भोजनमा समावेश गरे पनि शरीरमा पानीको कमी हुदैन ।

शरीरमा पर्याप्त मात्रामा पानी भए पाचन प्रणालीले राम्ररी काम गर्दछ, कब्जियत हुदैँन । शरीमा पानीको कमी भए माइग्रेनको दुखाइ हुन सक्छ । टाउको दुख्न सक्छ र दुखाइको समय पनि लम्बिन सक्छ । तर पसिना वा पिसाबबाट निस्कन नसक्ने गरी अत्यधिक पानी भने पिउनु हुदैँन ।

सम्बन्धित खबर

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत, असोज ३१ — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने अभियान तीव्र पारेको छ।…
पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *