• मंसिर २, २०८१
  • No Comment
  • 214

केरासँग खानै नमिल्ने यी चिजहरु

हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ ।

केरा खाँदा सम्पूणर् शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यसैले पनि धेरैले यसलाई दैनिक आहारको हिस्सा बनाउँछन् । केरालाई प्रायः विभिन्न चीजहरूसँग मिसाएर खाइन्छ । तर, केही यस्ता खानेकुरा पनि छन् जससँग केरा खाँदा शरीरलाई फाइदाभन्दा पनि हानी गर्छ । आजको यस लेखमा हामीहरू केरासँग खान नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्ः

केरा र कागती

कागतीको साथ केरा खानु हुँदैन । कागती सिट्रस फल हो जसमा अम्लीय तत्त्व पाइन्छ । यसलाई केरासँगै खाँदा स्वास्थ्य बिग्रन्छ । केरासँग कागती खाँदा वाकवाकी लाग्ने, बान्ता हुने र टाउको दुख्ने समस्या हुन्छ ।

केरा र अण्डा

केरासँग प्रोटिनयुक्त खानेकुरा खानबाट सकेसम्म बच्नु पर्छ । अण्डामा प्रचुर मात्रामा प्रोटिन पाइन्छ, त्यसैले यसलाई केरासँग खाइँदैन । केरा र अण्डा सँगसँगै खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ । यसले पेटमा ग्यास बन्ने सम्भावना बढाउँछ ।

केरा र दूधजन्य उत्पादन

केरा र दूध वा दूधजन्य पदार्थमा उच्च मात्रामा पोषक तत्त्व हुन्छ । यसले शरीरलाई प्रोटिन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र भिटामिन प्रदान गर्छ । दुवै चीज एकसाथ खाँदा पाचन प्रणालीलाई पचाउन समस्या हुन्छ । यी दुई चिज एकै पटक खाँदा धेरैलाई पेट फुल्ने र असहज महसुस हनु थाल्छ ।

केरा र प्रशोधित कार्बोहाइड्रेट

चिनी राखेर बनाइएको स्न्याक्स वा बेकरी आइटम जस्ता प्रशोधित कार्बोहाइड्रेटहरु केरासँग खानु हुँदैन । यी दुई सँगै खाएमा रगतमा चिनीको मात्रा अचानक कम हुन सक्छ । जसका कारण मानिसमा कमजोरी महसुस हुनुका साथै बारम्बार भोक लाग्ने समस्या देखिन सक्छ । त्यसैले यी दुईलाई एकै पटक खानबाट बच्नुपर्छ ।

केरा र गुलिया चिज

केरामा पहिलेदेखि नै भरपूर मात्रामा प्राकृतिक मिठास हुन्छ । यस्तो अवस्थामा केरालाई अन्य कुनै मीठो चिजसँग खाएमा तौल बढ्ने, मधुमेहको सम्भावना बढ्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको जोखिम बढ्छ ।

केरा र एभोकाडो

एभोकाडो पनि ती खानेकुराहरूमा पर्छ, जसलाई केरासँग खानबाट सकेसम्म बच्नु पर्छ । यी दुवै खानेकुरामा पोटासियम प्रशस्त हुन्छ । यस्तो अवस्थामा दुवै चीज एकसाथ खाँदा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ । यसले हाइपरकेलेमिया गराउन सक्छ ।

त्यसैले सधै केराकाे सेवन गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *