• मंसिर २, २०८१
  • No Comment
  • 185

केरासँग खानै नमिल्ने यी चिजहरु

हामीहरू प्रायः त्यतिकै, खाना वा नास्तामा पनि केरा खाइरहेका हुन्छौँ । केरामा प्रशस्त मात्रामा पोटासियम, फाइबर, प्रोटोन, हेल्दी फ्याट र मिनरल्स पाइन्छ ।

केरा खाँदा सम्पूणर् शरीरको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । त्यसैले पनि धेरैले यसलाई दैनिक आहारको हिस्सा बनाउँछन् । केरालाई प्रायः विभिन्न चीजहरूसँग मिसाएर खाइन्छ । तर, केही यस्ता खानेकुरा पनि छन् जससँग केरा खाँदा शरीरलाई फाइदाभन्दा पनि हानी गर्छ । आजको यस लेखमा हामीहरू केरासँग खान नहुने केही खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार रहेका छन्ः

केरा र कागती

कागतीको साथ केरा खानु हुँदैन । कागती सिट्रस फल हो जसमा अम्लीय तत्त्व पाइन्छ । यसलाई केरासँगै खाँदा स्वास्थ्य बिग्रन्छ । केरासँग कागती खाँदा वाकवाकी लाग्ने, बान्ता हुने र टाउको दुख्ने समस्या हुन्छ ।

केरा र अण्डा

केरासँग प्रोटिनयुक्त खानेकुरा खानबाट सकेसम्म बच्नु पर्छ । अण्डामा प्रचुर मात्रामा प्रोटिन पाइन्छ, त्यसैले यसलाई केरासँग खाइँदैन । केरा र अण्डा सँगसँगै खाँदा पाचन प्रक्रिया सुस्त हुन्छ । यसले पेटमा ग्यास बन्ने सम्भावना बढाउँछ ।

केरा र दूधजन्य उत्पादन

केरा र दूध वा दूधजन्य पदार्थमा उच्च मात्रामा पोषक तत्त्व हुन्छ । यसले शरीरलाई प्रोटिन, म्याग्नेसियम, फस्फोरस, पोटासियम र भिटामिन प्रदान गर्छ । दुवै चीज एकसाथ खाँदा पाचन प्रणालीलाई पचाउन समस्या हुन्छ । यी दुई चिज एकै पटक खाँदा धेरैलाई पेट फुल्ने र असहज महसुस हनु थाल्छ ।

केरा र प्रशोधित कार्बोहाइड्रेट

चिनी राखेर बनाइएको स्न्याक्स वा बेकरी आइटम जस्ता प्रशोधित कार्बोहाइड्रेटहरु केरासँग खानु हुँदैन । यी दुई सँगै खाएमा रगतमा चिनीको मात्रा अचानक कम हुन सक्छ । जसका कारण मानिसमा कमजोरी महसुस हुनुका साथै बारम्बार भोक लाग्ने समस्या देखिन सक्छ । त्यसैले यी दुईलाई एकै पटक खानबाट बच्नुपर्छ ।

केरा र गुलिया चिज

केरामा पहिलेदेखि नै भरपूर मात्रामा प्राकृतिक मिठास हुन्छ । यस्तो अवस्थामा केरालाई अन्य कुनै मीठो चिजसँग खाएमा तौल बढ्ने, मधुमेहको सम्भावना बढ्नुका साथै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको जोखिम बढ्छ ।

केरा र एभोकाडो

एभोकाडो पनि ती खानेकुराहरूमा पर्छ, जसलाई केरासँग खानबाट सकेसम्म बच्नु पर्छ । यी दुवै खानेकुरामा पोटासियम प्रशस्त हुन्छ । यस्तो अवस्थामा दुवै चीज एकसाथ खाँदा शरीरमा पोटासियमको मात्रा बढ्न सक्छ । यसले हाइपरकेलेमिया गराउन सक्छ ।

त्यसैले सधै केराकाे सेवन गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *