• मंसिर ५, २०८१
  • No Comment
  • 279

ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

नवलपरासीमा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाँउपालिका – १ बरुवाको भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्री लाई ठक्कर दिँदा उनको मृत्यु भएको हाे ।

जिल्ला प्रहरीले कार्यालय नवलपरासीका अनुसार मृत्यु हुनेमा सुस्ता- १ बरुवा बस्ने  ६५  वर्षिय रामजी नेपाली रहेका छन् । गम्भिर घाइते भएका उनलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता लगिएको थियाे । त्यसपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रमेश वोहोराले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु, निष्पक्ष छानबिनको माग

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा २१ वर्षीय युवकको मृत्यु,…

सुर्खेत, वीरेन्द्रनगर — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका २१ वर्षीय साकिर बक्सको मृत्यु भएपछि घटनालाई लिएर निष्पक्ष र पारदर्शी छानबिनको…
चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ७ र ८ मा बजार…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन स्वास्थ्यका लागि यी अचुक फाइदाहरू    

लसुन हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसला मात्र होइन, औषधीय गुणले भरिएको प्राकृतिक खाद्य पदार्थ पनि हो। परम्परागत रूपमा धेरै समयदेखि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *