- मंसिर १, २०८१
- No Comment
- 7
२० दिनकी एक सुत्केरीको सेनाको हेलिकोप्टरमार्फत उद्धार
हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट सेनाको हेलिकप्टरमार्फत २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ । शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको हो । अदानचुली-५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।
गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी भएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।