- कार्तिक २९, २०८१
- No Comment
- 23
चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१३ की कुमारी जानकी बोगटी रहेकी छन् । ब्युरोका अनुसार सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्यूरोमा पीडित महिलाले निवेदन दिएकी थिइन् ।
सो सम्बन्धमा ब्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्य गर्ने जानकी बोगटी खुल्न आएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा काक्तिक २६ गते सुर्खेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी दिपक राज अवस्थीले जनाएका छन् ।