• कार्तिक २६, २०८१
  • No Comment
  • 27

मधेशका सात ठाउँमा उपनिर्वाचन हुने

आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मधेश प्रदेशका सात स्थानमा निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात ठाउँमा निर्वाचन हुने भएको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रितमलाल चौधरी निर्वाचित भएका थिए । तर उनको निधनपछि उपनिर्वाचन हुन लागेको छ ।

त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्षको निधनपछि उपनिर्वाचन हुने भएको हो । यस क्षेत्रमा गत निर्वाचनमा नेपाली कांग्रेसका हरिप्रसाद रायले ३३३ मत प्राप्त गरी निर्वाचित भएका थिए । धनुषाको धनुषाधाम नगरपालिका १ का वडाअध्यक्ष विश्वनाथ यादवको निधनपछि सो पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यस्तै उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा नेकपा (माओवादी केन्द्र)का मुकेशकुमार यादव ४३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

त्यसैगरी रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ मा नेकपा (एमाले)का वडाअध्यक्ष शेख खलीउल्लाह ६८३ मत प्राप्त गरी निर्वाचित भएका थिए । यस्तै रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मत प्राप्त गरी निर्वाचित भएका थिए । यसैगरी गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाअध्यक्षको निधनपछि उपनिर्वाचन हुन लागेको छ । गत निर्वाचनमा सो वडामा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामाज्ञाराय यादव ७६४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *