• कार्तिक १०, २०८१
  • No Comment
  • 152

इरानमा इजरायली आक्रमणपछि इराकको सबै विमानस्थल बन्द

इरानमा इजरायली आक्रमणपछि इराकले आफ्नो सबै विमानस्थल बन्द गरेको छ । छिमेकी इरानमा इजरायली सेनाले गरिरहेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै देशको हवाई क्षेत्र बन्द गरिएको इराकका यातायात मन्त्रीले बताएका छन् ।
इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेको छ । इरानको पश्चिमी सीमा इराकसँग जोडिएको छ । क्षेत्रीय तनावलाई ध्यानमा राख्दै नयाँ सूचना जारी नभएसम्म देशका सबै विमानस्थलको सम्पूणर् हवाई यातायात र सेवा बन्द गरिएको इराकको सरकारी मिडिया एजेन्सी आईएनएलाई उद्धृत गर्दै रोयटर्सले एउटा समाचारमा लेखेको छ ।

इजरायली हवाई आक्रमण स्थानीय समय अनुसार बिहान ५ बजेसम्म तेहरानमा जारी रहेको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी सम्बद्ध सीबीएस न्यूजलाई बताएका थिए । समाचार एजेन्सी रोयटर्स र एएफपीले सिरियाली सरकारी मिडिया सानालाई उद्धृत गर्दै सिरियाको राजधानी दशमिक नजिकै विस्फोटको आवाज पनि सुनिएको बताएको छ । सानालाई उद्धृत गर्दै रोयटर्सले उक्त हमलाले मध्य र दक्षिणी सिरियामा रहेका सैन्य लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ ।

सम्बन्धित खबर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। सङ्घले मेयर साहले…
सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागुऔषधसहित दुई जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरमा ब्राउनसुगरसहित दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–३ मा लागुऔषध कारोवार…
कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

कर्णाली याक्स जर्सी रिलिज तातोपानी ज्यूल्ले पाटनमा सम्पन्न

जुम्ला । कर्णालीको गौरव पर्वत, संस्कृति र खेलको संगमका रूपमा परिचित तातोपानी ज्यूल्ले पाटनमा “कर्णाली याक्स जर्सी रिलिज” कार्यक्रम सम्पन्न भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *