• कार्तिक ५, २०८१
  • No Comment
  • 242

हराउदै जाने अबस्थामा रहेको मगर भाषालाई लिपिबद्द गर्दै मगर भाषाका किताबहरुको लेखन तथा सम्पादन

दिलिप कडेल। चौकुने गाउँपालिका वडा नम्बर १ निवासी मन बहादुर थापा ( बगाले ) मगर पेशाले शिक्षक हुनुहुन्छ । उहाँले लामो समयदेखी हराउदै जाने अबस्थामा रहेको मगर भाषालाई लिपिबद्द गर्दै मगर भाषाका किताब हरुको लेखन तथा सम्पादन गर्दै आउनु भएको छ । चौकुने गाउँपालिकाको स्थानीय पाठ्यक्रम अन्तर्गत उहाँले अध्यापन गराउने लगायत विद्यालयमा समेत मगर भाषाको अध्ययन हुने गरेको छ ।

पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ। बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको मन बहादुर थापा बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ। चौकुने गाँउपालिका–१ का मन बहादुर थापा बगाले मगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरु सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर भाषा बोल्ने खासै नभएको र नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्,’ बगालेमगरले भने, ‘१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्। केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन् ।”

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *