• कार्तिक ५, २०८१
  • No Comment
  • 202

हराउदै जाने अबस्थामा रहेको मगर भाषालाई लिपिबद्द गर्दै मगर भाषाका किताबहरुको लेखन तथा सम्पादन

दिलिप कडेल। चौकुने गाउँपालिका वडा नम्बर १ निवासी मन बहादुर थापा ( बगाले ) मगर पेशाले शिक्षक हुनुहुन्छ । उहाँले लामो समयदेखी हराउदै जाने अबस्थामा रहेको मगर भाषालाई लिपिबद्द गर्दै मगर भाषाका किताब हरुको लेखन तथा सम्पादन गर्दै आउनु भएको छ । चौकुने गाउँपालिकाको स्थानीय पाठ्यक्रम अन्तर्गत उहाँले अध्यापन गराउने लगायत विद्यालयमा समेत मगर भाषाको अध्ययन हुने गरेको छ ।

पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ। बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको मन बहादुर थापा बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ। चौकुने गाँउपालिका–१ का मन बहादुर थापा बगाले मगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

हाम्रो पालमा स्कूल जाने, पढ्ने, लेख्ने जमाना थिएन, हामीहरु सानैदेखि गाई गोरु पाल्ने, गोठमा बस्ने र आफ्नै भाषामा बोल्ने गरियो, केही वर्षअघिसम्म गाउँमा धेरै जनाले मगर भाषा बोल्थ्यौँ, यहीँ भाषामा गीत गाउँथ्यौँ, अहिले मगर भाषा बोल्ने खासै नभएको र नयाँ पुस्ताले त झन सिक्दै सिकेनन्,’ बगालेमगरले भने, ‘१२/१५ वर्षअघिसम्म धैरै मानिसले मगर भाषा बोल्थे तर अहिले धेरैले बुझ्दैनन्। केटाकेटी विद्यालय जान थालेपछि भाषा पनि हराउँदै गयो, सरकारले भाषा संरक्षण गर्नतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन् ।”

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *