• भदौ २९, २०८१
  • No Comment
  • 153

छुरा प्रहार गरी १९ वर्षिया युवतीको हत्या, १ युवक पक्राउ

झापामा छुरा प्रहार गरी १९ वर्षिय युवतीको हत्या भएको छ । झापाको अर्जुनधारा-६ बिर्तामोडको महानन्द चोकमा एक युवाले छुरा प्रहार गरेर १९ वर्षिय युवतीको हत्या गरेका छन् ।

शुक्रबार साँझ ६ बजेको समयमा कैलाली गौरीगंगा नगरपालिका-३ का २० वर्षिय अनिल विकले इलाम सूर्योदय नगरपालिका-१० फिक्कलकी १९ वर्षिय मनिषा लोहारको हत्या गरेका हुन् । युवती मनिषा विर्तामोडमै बस्दै आएकी थिइन् । युवतीलाई धारिलो हतियार प्रहार गरेपछि गम्भीर घाइते बनेकी थिइन् । उनको उपचारकै क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस अघि पनि ती युवतीलाई युवकले पटक पटक छुरा रोपेका थिए ।

कोशी प्रदेश प्रहरी कार्यालयले युवतीको राती ७ बजेर १० मिनेटमा मृत्यु भएको जनाएको छ । छुरा प्रहार गर्ने युवालाई गाउँलेले लखेटेर नियन्त्रणमा लिएका थिए । उनलाई पनि गाउँलेले कुटपिट गरेर घाइते बनाएका छन् ।

ती युवाको पनि विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटना के कारणले भएको हो भन्ने बारेमा र युवकमाथि कुटपिट गर्ने समूहका बारेमा खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चार दिनअघि बिर्तामोडको किराँत चोकमा युवतीकै विषयलाई लिएर दुई समूहबिच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनाको बाँकि अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *