- भदौ २८, २०८१
- No Comment
- 33
वीरेन्द्रनगर नगरपालिका ३ मा शनिवारपनी सामाजिक सुरक्षा भत्ता नविकरण गरिने
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ सुर्खेतबाट शनिवारका दिन पनि सामाजिक सुरक्षा भत्ता नविकरण गरिने भएको छ । ३ नं.वडा कार्यालयबाट शुक्रबार जारी गरिएको सुचनामा उक्त कुरा उल्लेख गरिएको छ । वडा सचिव भिम बहादुर खड्का र वडा अध्यक्ष बिनोद सिंह बिस्टले हस्ताक्षर गरी जारी गरिएको सुचनामा ३ नंं. वडा बाट सामाजिक सुरक्षा भत्ता नविकरण गर्न बाँकी रहेका सम्पुर्ण लाभग्राहीहरु भोली मिति २०८१÷०५÷२० गते शनिवार बिदाको दिन भएता पनी बिहान १० बजे देखी ५ बजे सम्म सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने ब्यवस्था मिलाईएको सुचनामा उल्लेख गरिएको छ ।
अध्यक्ष विष्टले भने, समाजिक सुरक्षा भत्ता पाउने व्यक्ति भनेका विशेष नागरिक हुन । राज्यले त उनीहरुको लागि सुविधा तोकेको छ भने हामी त झन उनीहरु कै ठाउँको सेवक हौ ,। उनले अन्य दिनमा अन्य प्रकारका सेवाग्राही हुने भएकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि नवीकारण गर्न बाँकी रहेका सेवाग्राहीलाई विशेष प्राथमिकतामा राखेर शनिबार पनि काम गर्ने याजना बनाएको बताए । यो संगै गत आर्थिक बर्षमा पनी बिभिन्न कारणले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका सेवा ग्राहीलाई पनी छिटै सामाजिक सुरक्षा भत्ता बितरण गरिने बताए ।