• भदौ २३, २०८१
  • No Comment
  • 177

चट्याङ लागेर बालकको मृत्यु, बालिका घाइते

मोरङको सुनवर्षीमा चट्याङ लागेर आइतबार दिउँसो एक बालकको मृत्यु भएको छ । भने एक बालिका घाइते भएकी छन् ।

सुनवर्षी नगरपालिका-९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चट्याङले राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएकी छन् ।

राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका बेला दिउँसो २ बजेतिर चट्याङ पर्दा बालबालिका घाइते भएका थिए ।

बेहोस भएका सोफियनलाई उद्धार गरेर रंगेली अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा दिउँसो २ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते नजाराको रंगेली अस्पतालमै उपचार भइरहेको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *