• अशोज ६, २०८१
  • No Comment
  • 185

कफी पिउँदा स्वास्थमा कस्तो प्रभाव पर्छ ? हेर्नुहोस

अहिले प्राय मानिसहरु कफी पिउन रुचाउँछन । कफीको सेवनले ताजा महसुस गर्नु साथै लाभ धेरै छन ।

तर पनि धेरै कफी पिउँदा स्वास्थ्यमा हानी हुने चिकित्सकहरु बताउँछन् । यस्तोमा दैनिक कति कफी पिउने भन्ने प्रश्न उठ्छ ।

चिकित्सकहरु दैनिक ३ देखि ५ कप कफी पिउनाले मधुमेह, उच्च रक्तचाप र फ्याटी लिभरको जोखिम कम गर्न सकिने बताउँछन् । विशेषज्ञहरूले चिनी बिना र कम दूधमा कफी पिउने सुझाव दिन्छन् ।

कफी पिउनाले टाइप-२ मधुमेह, कोरोनरी आर्टरी डिजिज, स्ट्रोक, फ्याटी लिभर, उच्च रक्तचाप, मृगौलाको दीर्घरोग, डिप्रेसन र केही क्यान्सरको जोखिम कम हुन्छ । दैनिक ३ देखि ५ कप कफी पिउनु स्वास्थ्यका लागि सुरक्षित र फाइदाजनक मानिन्छ ।

कफीमा चिनी मिसाउनु नहुने विज्ञहरुको सुझाव छ । अनिद्राबाट पीडित व्यक्तिहरूलाई सुत्नुभन्दा करिब ५-६ घण्टा अगाडि कफी पिउन नहुने सल्लाह दिइन्छ ।

त्यसैगरी, गर्भवती महिलाले दैनिक १ देखि २ कप मात्र कफी मात्र पिउनुपर्छ । जर्नल अफ एग्रिकल्चरल एण्ड फूड केमिस्ट्रीमा प्रकाशित एउटा अध्ययनले अल्जाइमर रोगको प्रारम्भिक सुरुवातलाई रोक्न कफीले मद्दत गर्ने देखाएको छ ।

कफी ठीक मात्रामा सेवन गर्नु पर्छ । केही मात्रामा यसका फाइदाहरु पनि छन भने माथि उल्लेखित समस्या भएका व्यक्तिहरुले धेरै सेवन गर्नु हुदैन ।

सम्बन्धित खबर

Decoding eCheck Casinos: A Canadian Industry Analyst’s Deep Dive

Introduction: Why eCheck Matters to Your Canadian Casino Strategy Hello, fellow industry analysts! In the dynamic world of online gambling, staying…

Freshbet: Nová Hvězda na Scéně Online Hazardu pro Zkušené…

Úvod: Proč by Zkušení Hráči Měli Věnovat Pozornost Freshbet? Pro zkušeného hráče, který se orientuje v online hazardu, je neustálé hledání…
हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

हाशिवरात्रिमा पशुपति क्षेत्रबाट १३८ जना नियन्त्रणमा

काठमाडौं — महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट प्रहरीले १३८ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं का एसपी तथा प्रवक्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *