• अशोज ६, २०८१
  • No Comment
  • 170

कफी पिउँदा स्वास्थमा कस्तो प्रभाव पर्छ ? हेर्नुहोस

अहिले प्राय मानिसहरु कफी पिउन रुचाउँछन । कफीको सेवनले ताजा महसुस गर्नु साथै लाभ धेरै छन ।

तर पनि धेरै कफी पिउँदा स्वास्थ्यमा हानी हुने चिकित्सकहरु बताउँछन् । यस्तोमा दैनिक कति कफी पिउने भन्ने प्रश्न उठ्छ ।

चिकित्सकहरु दैनिक ३ देखि ५ कप कफी पिउनाले मधुमेह, उच्च रक्तचाप र फ्याटी लिभरको जोखिम कम गर्न सकिने बताउँछन् । विशेषज्ञहरूले चिनी बिना र कम दूधमा कफी पिउने सुझाव दिन्छन् ।

कफी पिउनाले टाइप-२ मधुमेह, कोरोनरी आर्टरी डिजिज, स्ट्रोक, फ्याटी लिभर, उच्च रक्तचाप, मृगौलाको दीर्घरोग, डिप्रेसन र केही क्यान्सरको जोखिम कम हुन्छ । दैनिक ३ देखि ५ कप कफी पिउनु स्वास्थ्यका लागि सुरक्षित र फाइदाजनक मानिन्छ ।

कफीमा चिनी मिसाउनु नहुने विज्ञहरुको सुझाव छ । अनिद्राबाट पीडित व्यक्तिहरूलाई सुत्नुभन्दा करिब ५-६ घण्टा अगाडि कफी पिउन नहुने सल्लाह दिइन्छ ।

त्यसैगरी, गर्भवती महिलाले दैनिक १ देखि २ कप मात्र कफी मात्र पिउनुपर्छ । जर्नल अफ एग्रिकल्चरल एण्ड फूड केमिस्ट्रीमा प्रकाशित एउटा अध्ययनले अल्जाइमर रोगको प्रारम्भिक सुरुवातलाई रोक्न कफीले मद्दत गर्ने देखाएको छ ।

कफी ठीक मात्रामा सेवन गर्नु पर्छ । केही मात्रामा यसका फाइदाहरु पनि छन भने माथि उल्लेखित समस्या भएका व्यक्तिहरुले धेरै सेवन गर्नु हुदैन ।

सम्बन्धित खबर

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को…
जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी…
रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रुकुम पश्चिममा करेन्ट लागेर १ युवकको मृत्यु

रूकुम पश्चिम — रूकुम पश्चिमको आठविसकोट नगरपालिका-२ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इन्टरनेटको तार जोड्ने क्रममा २२ वर्षीय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *