• अशोज २, २०८१
  • No Comment
  • 224

आजबाट पितृपक्ष अर्थात सोह्र श्राद्धको सुभारम्भ

प्रत्येक वर्ष आश्विन प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात पितृ पक्ष आजदेखि विधिवत आरम्भ गरिदैछ ।
प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हकालमा गर्नुपर्ने धर्मशास्त्रविदहरुले बताएका छन ।

आमाबुबा नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्ने गर्दछन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ।

चन्द्रमासको एक पक्षमा १५ वटा तिथि हुने भएता पनि भाद्र शुक्लपूणर्िमादेखि आश्विन औँसी सम्मका १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

 

हिन्दु वैदिक पुराणहरुमा उल्लेख भएअनुसार आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने पक्ष हो, त्यसैले यसलाई पितृपक्ष भनिन्छ ।

यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दै तिनको मृत्युतिथिमा श्राद्ध गर्दछन ।

हिन्दुधर्मावलम्बीहरु सोर्ह श्राद्वमा श्राद्ध गर्नाले समस्त पितृजनहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्नेमा बिश्वास राख्दछन ।
पितृपक्षको समाप्तिसंगै बडा दसैंको सुभारम्भ हुन्छ ।

सम्बन्धित खबर

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

श्रममन्त्रीको सवारी चालक आलम अपहरण आरोपमा पक्राउ

काठमाडौँ । रामजी यादवका सवारी चालक मुस्तकिम आलम अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई सोमबार पक्राउ…
५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *