• भदौ १५, २०८१
  • No Comment
  • 26

साउथ एसिएन स्कलर्स एकेडेमीले भब्यरुपमा मनायो तिज बिषेश कार्यक्रम

हरेक बर्ष भब्य रुपले तिज बिषेश कार्यक्रमको आयोजना गर्दै आईरहेको सुर्खेतको चर्चित बिद्यालय साउथ एसिएन स्कलर्स एकेडेमीले यो बर्षको तिज बिषेश कार्यक्रम पनी भब्य रुपले सम्पन्न गरेको छ । शनिवार शुभ होटेलमा ताम झामका साथ बिहान १० बजेबाट कार्यक्रम सुरु गरेको बिद्यालयले साँझको ५ बजे मात्रै कार्यक्रम समापन गरेको थियो ।

बिद्यार्थी र बिद्यार्थीका अभिभावकलाई आमन्त्रण गरेर आयोजना गरिएको कार्यक्रममा बिभिन्न कक्षाका छात्र र छात्राहरुले आफनो नृत्य, गित, कविता र रचनाहरु प्रस्तुत गरेर रमाईलो गरेका थिए । स्टेजमा बिद्यार्थीहरुले नाच देखाईरहेका बेला नाच हेरेर दर्शक दृघामा बसेका बिद्यार्थीहरुले समेत आ-आफ्नै ठाँउमा उठेर नाच्दै रमाईलो गरेका थिए ।
बिद्यार्थीहरुलाई थप सास्कृतिक मनोरञ्जन दिन र कलाकार संग प्रत्यक्ष भेटघाट गराउनका लागि कलाकार जानकी तारामी मगर लगाएतलाई बोलाईएको संचालक गणेश अधिकारीले बताएका छन् । उनले भने हरेक बर्ष झै यो बर्ष पनी बिद्यार्थीहरुलाई चाडबाडको झल्को दिन र बाहिरी रमाईलोको अनुभव गराउनका लागि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा अभिभावकहरुको उत्साह पुणर् सहभागीता र बिद्यार्थीहरुको अनुहारमा खुसी देखेर म लगाएत हाम्रो बिद्यालय परिवार मख्ख छौ । हामीले यही चाहेका थियौ र भयो पनी ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा कर्णाली प्रदेशका जलश्रोत तथा उर्जा बिकास मन्त्री बिजया बुढालाई आमन्त्रण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बुढाले साउथ एसिएन स्कलर्स एकेडेमी सुर्खेतमा मात्रै नभएर कर्णाली प्रदेशमै उत्कृष्ट भएको बताईन । उनले भनिन यो बिद्यालय कर्णाली प्रदेशमै उच्च नतिजा ल्याउन सक्ने बिद्यालयका रुपमा स्थापित भएको कुरा बिभिन्न समयमा भएको परिक्षाको नतिजाले देखाईसकेको छ । अझै पनी बिद्यालय थप उचाईमा पुगोस ।

लाईका खबर संग छोटो कुरा गर्दै संचालक छत्र बडुवालले भने तिज बिशेष कार्यक्रममा अवसरमा हामीले बिभिन्न बिधामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान र पुरस्कृत समेत गरेका छौ । अभिभावकहरुलाई तिजको दर खुवाउदै उहाहरुसंग खुसी साटेका छौ । यही मौकामा बिद्यार्थीहरुले समेत खुसी साटेका छन् । बिद्यार्थी र अभिभावकहरुका बिचमा यस्तै खालको रमाईलो वातावरण सृजना गर्नका लागि हरेक बर्ष कार्यक्रम गर्दै आईरहेको छौ र आगामी बर्षमा पनी यसलाई निरन्तरता दिईने छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *