• भदौ १३, २०८१
  • No Comment
  • 19

इन्फिनिटी लघुवित्त संस्था सुर्खेत शाखाद्धारा मृत्यु दावी भुक्तानी वापत सदस्यलाई रकम हस्तान्तरण

इन्फिनिटी लघुवित्त वित्तीय संस्था सुर्खेत शाखाद्धारा मृत्यु दावी भुक्तानी वापत सदस्यलाई २७०००० रकम हस्तान्तरण गरेको छ ।
बिहिबार एक कार्यक्रम गर्दै दुबै परिवारको सदस्यहरुलाई रकम हस्तान्तरण गरेको हो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्था सुर्खेत शाखाबाट कर्जा लिएर ४ महिना अघि मृत्यु भएकी सदस्य पुरन कुमारी रामजालीका श्रीमान रुद्र बहादुर गाहामगरलाई नगद रकम १७२५०० हस्तान्तरण गरेको छ । भने,
५ महिना अघि मृत्यु भएका गगन बहादुर थापाकी श्रीमती खगीसरा थापालाई नगद रकम ९७५०० हस्तान्तरण गरेको शाखा प्रमुख जीवन भण्डरीले बताए ।
मृत्यु दाविको विमा रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अनुगमन अधिकृत प्रकाश घिमिरेले संस्थाले प्रदान गर्ने सेवासुविधाहरु समयमै उपलब्ध गराई उनीहरुलाई सहज गराउन सधै तत्पर रहेको बताए ।

कार्यक्रमा उक्त रकम संस्थाका अनुगमन अधिकृत प्रकाश घिमिरे, सुर्खेत शाखा प्रमुख जीवन भण्डारी साथै लेखापाल जैगड वि .क ले रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कर्मचारी तथा विभिन्न सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *