• भदौ १३, २०८१
  • No Comment
  • 136

सुर्खेत-जुम्ला सडकखण्ड पहिरोका कारण अवरुद्ध

वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ ।

गत मंगलबार रातीदेखि आएको वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

राजमार्ग अवरुद्ध हुदाँ सुर्खेतदेखि कालिकोट, जुम्ला र मुगु जिल्लाहरुमा सवारीसाधन आवतजावत गर्न नमिलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गगनेखोला पहिरोको ठुलो ठुलो ढुगां सडकमा खसेकाले पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
राजमार्गको विभिन्न ठाउँमा पहिरोका सडक अवरुद्ध भएकाले सावधानी अपनाउन प्रदेश प्रहरीले कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

फ्याटी लिभर हटाउन यी ६ चमत्कारी खानेकुरा

काठमाडौँ ।पछिल्ला वर्षहरूमा नेपालीहरूमा फ्याटी लिभरको समस्या तीव्र रूपमा बढ्दो छ। अस्वस्थ खानपान, व्यायामको अभाव, र तनावपूर्ण जीवनशैलीका कारण कलेजो वरिपरि…
तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

तपाईलाई थाहा छ ? के हो स्लिप डिभोर्स ?

पछिल्लो समय पश्चिमी देशहरूमा ‘स्लिप डिभोर्स’को प्रवृत्ति तीव्र गतिमा बढिरहेको छ । स्लिप डिभोर्समा जोडीहरू एउटै ओछ्यानमा नसुतेर अलग कोठा वा…
जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को मृत्यु

जम्मु–कस्मिरमा पर्यटकमाथि आतंकवादी हमला: एक नेपालीसहित कम्तीमा २६ को…

काठमाडौँ । भारतको जम्मु–कस्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि बन्दुकधारीले गरेको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *