• भदौ १३, २०८१
  • No Comment
  • 300

सुर्खेत-जुम्ला सडकखण्ड पहिरोका कारण अवरुद्ध

वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ ।

गत मंगलबार रातीदेखि आएको वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सुर्खेत-जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

राजमार्ग अवरुद्ध हुदाँ सुर्खेतदेखि कालिकोट, जुम्ला र मुगु जिल्लाहरुमा सवारीसाधन आवतजावत गर्न नमिलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गगनेखोला पहिरोको ठुलो ठुलो ढुगां सडकमा खसेकाले पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
राजमार्गको विभिन्न ठाउँमा पहिरोका सडक अवरुद्ध भएकाले सावधानी अपनाउन प्रदेश प्रहरीले कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *