• भदौ १२, २०८१
  • No Comment
  • 17

खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते

सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सङ्खुवासभा खाँदबारी नगरपालिका -२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरी कार्यालयका अनुसार अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साही र आमा सिर्जना घाइते भएकी हुन् । खुकुरी प्रहारबाट आमाछोरी घाइते भएपछि उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *