• भदौ ८, २०८१
  • No Comment
  • 232

आज विभिन्न युवा अभियान्ताहरुले प्रधानमन्त्री निवास घेर्ने

आज विभिन्न युवा अभियान्ताहरुले प्रधानमन्त्री निवास घेर्ने भएका छन ।  शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार भ्रष्टाचारी बचाउने चलखेलमा लागेको बताउँदै युवा अभियान्ताहरुले बालुवाटार घेराउ गर्ने बताएका छन ।

त्यस्तै उनीहरुले अन्य युवाहरुलाई पनि भदौ ८ गत्ते प्रधानमन्त्री
निवास बालुवाटार घेराउमा सहभागी हुन उनीहरूले आह्वान गरेका हुन ।

अभियान्ताहरू डा. निकोलश भुषाल, हेमराज थापा, अजय श्रेष्ठ, लोकनाथ चुडाल, अमर केसी, विजय कँडेल, सोम शर्मा, समिरा पोखरेल, अर्जुन पौडेल र खेमराज साउँदले बालुवाटार घेराउन गर्न लागेको बताएका छन ।

वक्ताहरूले उक्त सम्मेलनमा बोल्दै बिहीबार राति ३ बजे सन्तोस राजावादी लगायतलाई गिरफ्तार गरेर युवा आवाज थुन्न खोजेको र आफ्ना काला कर्तुत र भ्रष्टचारी जोगाउन सरकार षड्यन्त्रका तानाबाना बुनिरहेको उनीहरूले आरोप लगाएका छन ।

उनीहरूले ललिता निवास, भुटानी प्रकारण, गिरीबन्धु प्रकरणका दोषी बचाउन र देशलाई असफल बनाउने योजना असफल पार्न बंगलादेशको घटना नेपालमा घटाउने चेतावनीसमेत दिएका छन ।

 

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *