• भदौ ७, २०८१
  • No Comment
  • 192

वीरेन्द्रनगरमा अबैध काठ बोकेको जीपसहित एक जना पक्राउ

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर धुलाबिटमा अबैध गोलिया काठ बोकेको बोलेरो जीपसहित एक जना पक्राउ परेका छन ।

विहिबार राती लेकबेशी नगरपालिका -९ बाट वीरेन्द्रनगर- ११ तर्फ आउदै गरेको लु २ च २२३ नम्बरको बोलेरो जीपसहित एक जनालाई डिभिजन वन कार्यालय सुर्खेतको गस्ती टोलीले धुलाविटमा रंगेहात पक्राउ गरेको हो ।
तस्करीमा संलग्न वीरेन्द्रनगर – २, फलाटेका धनिराम चौधरीलाई पक्राउ गरेको छ ।
गस्ती टोलीले चौधरीसहित बोलेरो जीप, मोटरसाइकल र ४९.७२ क्यूफिट गोलिया काठ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले लाईका खबरलाई बताए ।

वनको गस्ती टोली देख्ना साथ भागेका चार जना काठ तस्कर मध्य कर्णाली प्रदेश-०२-००१प-९६६७ नम्वरको मोटरसाइकलमा सवार धनिराम चौधरीलाई मात्र पक्राउ गर्न सफल भएको जनाए ।

उपरीक्षक खड्काका अनुसार सबै मुचुल्का तयारी गरी काठ, बोलेरो जीप र बाइक डिभिजन वन कार्यालय सुर्खेतलाई बझाएको र अन्यको खोजि कार्य भइरको जनाए ।

सम्बन्धित खबर

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या…
चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी सहजीकरण…

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन र मानवीय सहायता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जलवायु…
भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी पार्टनर

भायानेटको कनेक्टिभिटी अब क्रिकेट मैदानसम्म – चितवन राइनोजको कनेक्टिभिटी…

विश्वसनीय इन्टरनेट सेवाबाट देशभरका लाखौं घर जोडिरहेको भायानेट अब स्पोर्ट्स कनेक्टिभिटीको प्रतीक बन्दै क्रिकेट मैदानमा देखिने भएको छ। लोकप्रिय इन्टरनेट सेवा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *