• साउन ३२, २०८१
  • No Comment
  • 161

सोलुखुम्बुमा बाढीमा परि तीन घर पुर्ण क्षती

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा ठूलो बाढीका कारण तीन वटा घर पुर्ण रूपमा क्षती पुगेकाे छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार शुक्रबार दिउँसो माथिबाट एक्कासी आएको  ठुलाे बाढीले तीन घरकाे क्षती गरेकाे  हो । प्रमुख अधिकारी पाण्डेका अनुसार चार/पाँच वटा घर बाढीको जोखिममा रहेका छन । भने एउटा होस्टेल आधा बगाएको छ ।

बाढी आउनुको कारण पहिरोले खोला थुनिएर पछि बाढी आएकोजस्तो देखिएको उनको भनाइ छ ।

उनले भनिन्,’पहिरोको कारणमा चाहिँ यसो हेर्दा खेरी पहिरोले खोलालाई अलिकति रोकेर त्यहीँबाट खोला गएकोजस्तो देखिन्छ । हिमपहिरो अाएकाे हुन सक्ने,  अहिले हेर्दाखेरी । तर यकीन हुनसकेको छैन।’

अहिलेसम्म मानवीय क्षतिको विवरण आइनसकेको र पाँच/सात जनालाई नेपाली सेनाले उद्धार गरेको प्रजिअ पाण्डेले जानकारी दिइन ।
नेपाली सेनाको टोलीले उद्धारका लागि परेको छ । बाकि अपडेट आउन बाँकि रहेको छ ।

सम्बन्धित खबर

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…
ओलीलाई  नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

ओलीलाई नेतृत्व हस्तान्तरण गर्न योगेश भट्टराईको सुझाव

काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्। पार्टीको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *