- साउन २९, २०८१
- No Comment
- 30
रमेश खरेलले दिए कुलमानविरुद्ध भ्रष्टारको मुद्धा
नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले कुलमानले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी दिएका छन ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन ।
आईजी खरेलका अनुसार ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूणर् प्रमाणसहित उजुरी दिएको र उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन ।
ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन् । खरेलले केहीबेरमा सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै ब्यहोरा सार्वजनिक गर्ने बताए ।