• साउन २८, २०८१
  • No Comment
  • 285

आज साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा विहानैदेखि घुइँचो

 

आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थीका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ ।

हिन्दु धर्मवालम्बिहरुका लागि साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकणर्ेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन ।
आजको दिन ब्रत बसेर परिवारकाे सु -स्वास्थ्य र दिर्घायुको कामना गर्छन ।

सम्बन्धित खबर

ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

ज्योति फाउन्डेसनद्वारा भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति वितरण

सुर्खेत । श्रीज्योति फाउन्डेसनले भूकम्प प्रभावित जिल्लाका छात्रालाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेकाे छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा…
जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोटमा ब्राउन सुगरसहित चार युवक पक्राउ

जाजरकोट । मा लागू औषध ब्राउन सुगरसहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई शिवालय गाउँपालिका–१ स्थित छेडाचौर बजारबाट…
भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

 काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वास्तविक सुकुम्वासीको पहिचान गर्न भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत परीक्षण प्रक्रिया सुरु गरेको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *