• साउन ११, २०८१
  • No Comment
  • 48

नक्कली नोटसहित रौतहटमा २ जना पक्राउ

नेपाली १३ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित रौतहटबाट दुई जना पक्राउ परेका छन ।

सर्लाही गोडैता नगरपालिमा-८ बस्ने ३२ वर्षका नजरे आलम र २४ वर्षका इमामुल हक दर्जी पक्राउ परेका रहेका छन ।

रौतहट जिल्ला प्रहरी कार्यालयकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार रौतहट चन्द्रपुर नगरपालिका-१० बालचनपुरस्थित महावीर आयल स्टोर्स पेट्रोल पम्पमा बागमती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकको सिट कभरबाट नेपाली एक हजार दरको १३ थान नक्कली नोट बरामद गरिएको जानकारी दिइन ।

पक्राउ परेका दुवै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकारी दिएकी छन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *