- साउन ६, २०८१
- No Comment
- 76
पहिरो हटाएपछि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
कालीकोटको तिलागुफा नगरपालिका-८, टाकुल्लामा पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा ल्याइएको छ । आइतबार बिहान कालीकोट-जुम्लाखण्डको टाकुल्लामा गएको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको हो ।
स्थानीय, प्रहरी, सडक डिभिजन कार्यालय जुम्लाको समन्वयमा पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । “कर्णाली राजमार्गमा बर्षातका समयमा पहिरोको जोखिम उच्च रहेकाले विशेष ध्यान दिएर यात्रा गर्न पटकपटक सूचना जारी गरिरहेका छौँ,” उनले भने, “आज बिहान खसेको पहिरो पन्छाएर अहिले राजमार्ग पूणर् रूपमा सञ्चालन भइरहेको छ ।”
कर्णाली राजमार्गमा बर्षातका समयमा पहिरोको जोखिम उच्च रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालय जुम्लाले आग्रह गरेको छ । कर्णाली डिभीजन कार्यालय जुम्लाले राजमार्ग अन्तर्गत दैखोला-कालीकोट हुँदै नाग्मसम्म र नाग्म-गमगढी सडकका विभिन्न खण्ड पहिरोको उच्च जोखिममा भएको जानकारी दिएको छ ।