• साउन ३, २०८१
  • No Comment
  • 38

मनसुनको समयमा कालो मरिचबाट हुने फाइदा

विश्वभर मसलाको राजा भनेर चिनिने कालो मरिचमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल, एन्टी फ्ल्याटुलेन्स र एन्टी माइक्रोबियल गुण हुन्छन् । वर्षाको समयमा रोग प्रतिरोधी क्षमता बलियो बनाउन खानामा यसलाई समावेश गर्न एकदमै महत्वपुर्ण हुन्छ ।

बदलिँदो मौसममा पाचन प्रणालीले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कालो मरीचमा पाइने पाइपरिन नामक तत्वले पाचन प्रणालीसँग सम्बन्धित इन्जाइम बढाउन मद्दत गर्छ । यसले पाचन प्रक्रियामा उल्लेखनीय सुधार गर्छ ।

मनसुनको मौसममा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोसक्छ । यस्तो अवस्थामा यदि तपाईं पनि थकान र कमजोरी हटाउन सस्तो र टिकाऊ समाधान खोज्दै हुनुहुन्छ भने कालो मरीच धेरै उपयोगी हुन सक्छ । यसको सेवनले धेरै प्रकारका सङ्क्रमणबाट बच्न सकिन्छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *