• असार २५, २०८१
  • No Comment
  • 463

कोपा अमेरिका: डेब्यू प्रतियोगितामै फाइनल पुग्ने क्यानाडाकाे योजना

कोपा अमेरिका कपको पहिलो सेमिफाइनलमा बुधबार बिहान अर्जेन्टिना र क्यानाडाबीच प्रतिस्पर्धा हुँदैछ। जारी सिजन अपराजित रहेको विश्वविजेता अर्जेन्टिना र डेब्यू प्रतियोगितामै अप्रत्यासित नतिजासहित सेमिफाइनलमा पुगेको क्यानडाबीचको खेल बुधबार बिहान पौने ६ बजे सुरु हुनेछ।

दुवै टोली समूह ए बाट अघिल्लो चरणमा पुगेका हुन्। लियोनेल मेस्सीको अर्जेन्टिना समूह चरणमा सतप्रतिशत नतिजासहित विजेता बन्दा उत्तर अमेरिकी राष्ट्र क्यानाडा ४ अंकमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको थियो।

समूह चरणमा अर्जेन्टिनाले क्यानाडालाई २-० गोलले हराएको थियो। चिली र पेरु जस्ता दक्षिण अमेरिकी राष्ट्रलाई पछि पार्दै क्वार्टरफाइनलमा पुगेको क्यानाडाले टाइब्रेकरमा भेनेजुएलालाई हराएको हो।

अर्जेन्टिनाले भने टाइब्रेकरमा इक्वेडरलाई पाखा लागाएको थियो। विश्व वरीयाताको शीर्ष स्थानमा रहेका अर्जेन्टिना आफ्नो उच्च फर्म कायम राख्दै ४७ स्थान तल रहेको क्यानाडालाई हराएर फाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछ।

क्यानाडा पनि महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्न अर्जेन्टिनालाई रोक्ने दाउमा मैदान उत्रनेछ। अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो ७ वटा सेमिफाइनलमा ६ वटामा सफल भएको छ।

अघिल्लो खेलमा ह्यास्टिङको समस्या भोगेका स्टार मेस्सी बुधबारको खेलका लागि फिट हुन अर्जेन्टिनाका लागि सुखद् छ। समूह चरणका सबै खेलमा उपस्थित एन्जेल डि मारिया पनि बुधबार क्यानाडाविरुद्ध मैदान उत्रने सक्ने सम्भावना छ।

भेनेजुएलाविरुद्धको खेलमा खुट्टा भाँचिएपछि प्रतियोगिता नै छाड्न बाध्य ताजोन बुकाननको अनुपस्थिति क्यानाडाका लागि भारी पर्न सक्छ। अर्जेन्टिना पछिल्लो २४ खेलमध्ये एकमा मात्र पराजित छ। उच्च फर्ममा रहेको उसले ८ खेलमा २० को जित निकालेको थियो।

अर्कातर्फ क्यानाडा पछिल्ला ६ मध्ये ४ खेलमा गोल गर्न असफल भएको छ। उसले ५ खेलमा तीन गोलमात्र गरेको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *