• असार २५, २०८१
  • No Comment
  • 518

कोपा अमेरिका: डेब्यू प्रतियोगितामै फाइनल पुग्ने क्यानाडाकाे योजना

कोपा अमेरिका कपको पहिलो सेमिफाइनलमा बुधबार बिहान अर्जेन्टिना र क्यानाडाबीच प्रतिस्पर्धा हुँदैछ। जारी सिजन अपराजित रहेको विश्वविजेता अर्जेन्टिना र डेब्यू प्रतियोगितामै अप्रत्यासित नतिजासहित सेमिफाइनलमा पुगेको क्यानडाबीचको खेल बुधबार बिहान पौने ६ बजे सुरु हुनेछ।

दुवै टोली समूह ए बाट अघिल्लो चरणमा पुगेका हुन्। लियोनेल मेस्सीको अर्जेन्टिना समूह चरणमा सतप्रतिशत नतिजासहित विजेता बन्दा उत्तर अमेरिकी राष्ट्र क्यानाडा ४ अंकमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको थियो।

समूह चरणमा अर्जेन्टिनाले क्यानाडालाई २-० गोलले हराएको थियो। चिली र पेरु जस्ता दक्षिण अमेरिकी राष्ट्रलाई पछि पार्दै क्वार्टरफाइनलमा पुगेको क्यानाडाले टाइब्रेकरमा भेनेजुएलालाई हराएको हो।

अर्जेन्टिनाले भने टाइब्रेकरमा इक्वेडरलाई पाखा लागाएको थियो। विश्व वरीयाताको शीर्ष स्थानमा रहेका अर्जेन्टिना आफ्नो उच्च फर्म कायम राख्दै ४७ स्थान तल रहेको क्यानाडालाई हराएर फाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछ।

क्यानाडा पनि महत्त्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्न अर्जेन्टिनालाई रोक्ने दाउमा मैदान उत्रनेछ। अर्जेन्टिना कोपा अमेरिकाको पछिल्लो ७ वटा सेमिफाइनलमा ६ वटामा सफल भएको छ।

अघिल्लो खेलमा ह्यास्टिङको समस्या भोगेका स्टार मेस्सी बुधबारको खेलका लागि फिट हुन अर्जेन्टिनाका लागि सुखद् छ। समूह चरणका सबै खेलमा उपस्थित एन्जेल डि मारिया पनि बुधबार क्यानाडाविरुद्ध मैदान उत्रने सक्ने सम्भावना छ।

भेनेजुएलाविरुद्धको खेलमा खुट्टा भाँचिएपछि प्रतियोगिता नै छाड्न बाध्य ताजोन बुकाननको अनुपस्थिति क्यानाडाका लागि भारी पर्न सक्छ। अर्जेन्टिना पछिल्लो २४ खेलमध्ये एकमा मात्र पराजित छ। उच्च फर्ममा रहेको उसले ८ खेलमा २० को जित निकालेको थियो।

अर्कातर्फ क्यानाडा पछिल्ला ६ मध्ये ४ खेलमा गोल गर्न असफल भएको छ। उसले ५ खेलमा तीन गोलमात्र गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *