• असार २५, २०८१
  • No Comment
  • 347

नरहाका अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सरेश कुमार कुसियैतमाथि भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले मंगलबार विशेष अदालतमा दुवैमाथि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

नरहा गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्न आर्थिक वर्ष २०७४/०७५ मा विनियोजित रकमबाट औषधि खरिद गर्दा भ्रष्टाचार गरेको विषयमा अख्तियारमा उजुरी परेको थियो।

उक्त उजुरी उपर अनुसन्धान हुदा तत्कालीन प्रशासकीय अधिकृत भवेश कुमार झाले आर्थिक वर्ष २०७४/०७५ मा गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरीत भुक्तानी आदेश दिएको खुलेको छ ।

जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेस गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट ६,२०,०९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानि नोक्सानी गरे/गराएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारले झा र कुसियैतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ६,२०,०९६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सो ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो असुलउपर गर्न माग दाबी गरेको छ।

साथै जिन्सी मालसामानको खातामा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको विवरण दाखिला गरेको बनाउन लगाई उक्त खातालाई प्रमाणित गरी नेपाल सरकारलाई हानि पुराउने बदनियतले गलत लिखत तयार गरी÷गराई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसुर गरेको पुष्टि भएको हुदा निजलाई सोही ऐनको दफा ९ बमोजिमको कैद र जरिवाना सजाय समेतको माग दाबी गरिएको छ ।

नरहा गाउँपालिकाका तत्कालीन लेखापाल सुरेश कुमार कुसियैतले औषधिजन्य मालसामानहरूको बिल बमोजिमको रकम आपूर्तिकर्तालाई भुक्तानी गर्दा नियम विपरीत कार्यालय प्रमुखले प्रमाणित गरेको जिन्सी दाखिला प्रतिवेदन र भुक्तानी आदेश बिनै सम्पूर्ण रकम भुक्तानी गरेको पाइएको छ । ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट .६,२०,०९६ रुपैयाँ बराबरका औषधिजन्य मालसामानहरू हिनामिना/हानि नोक्सानी पुराइ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

कुसियैतलाई ६,२०,०९६ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सो ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय मागदावी गरिएको छ । सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी भएको बिगो असुलउपर हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

सम्बन्धित खबर

Pixel Perfect: Analyzing Visual Quality in Online Casinos –…

Introduction: Why Grafik-Qualität Matters For industry analysts focusing on the German online gambling market, understanding the nuances of user experience is…

Авиатор: как превратить крутящийся летающий шар в ваш выигрыш

В казахстанских онлайн‑казино 2024 года “авиатор” звучит как музыка для тех, кто ищет быстрые победы и яркие эмоции.Крутящийся шар, словно дирижёр,…
कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सभा अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *