• बैशाख २८, २०८१
  • No Comment
  • 5

कस्तो छ कर्णालीका महिलाहरुको अवस्था ?

सुर्खेत । कर्णाली बोल्नासाथ हाम्रो जनजिब्रोमा झुण्डिएको र कर्णालीवासीले मन पराएको “कर्नाली” लाई सम्झन्छौँ, मनन गछौँ, र, एक पटक पुगेर अनुभव गर्छौैँ भन्ने जो सुकैको मनमा लाग्न सक्छ । कर्णाली एउटा सभ्यता हो । ठूला ठूला शहरको मानव सभ्यताको विकास नदीसँग जोडीएको हुन्छ । नेपालको पुरानो सभ्यता कर्णाली हो र यो कर्णाली नदीसंग जोडीएको छ । कर्णालीको सिंजा सभ्यता, मानव सभ्यता र संस्कृतिसंग जोडिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार कुल १६८८४१२ जनसंख्या रहेको कर्णाली प्रदेशमा महिलाको जनसंख्या ८६४६५१ अर्थात ५१.२१ प्रतिशत रहेको छ । रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० वटा जिल्लामा ७९ वटा स्थानीय तहहरु रहेको कर्णाली प्रदेश मुलुककै एक अनुपम क्षेत्र हो, जहाँ सम्भावना नै सम्भावनाहरु छन् ।

कर्णाली प्रदेशमा कुल १२.५ परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ । महिलाको नाममा घर र जग्गा दुबै हुने परिवार ६.२ प्रतिशत रहेको छ । कर्णाली प्रदेशका महिलाहरुको रोजगारको अवस्थालाई हेर्दा ३३ प्रतिशत महिलाहरु पारिवारिक योगदानमा सहयोग पु¥याउँछन् । यहाँका २५.७ प्रतिशत महिला आंशिक काम गर्छन, ३२.४ प्रतिशत महिला विभिन्न पेशा व्यवसायमा संलग्न रहेका छन् भने ४१ प्रतिशत औपचारिक, ५८ प्रतिशत अनौपचारिक, ८२ प्रतिशत कृषि र ८.६ प्रतिशत महिला रोजगार दाताको रुपमा कार्य गरी आर्थिक उपार्जनमा सक्रिय छन् ।

यद्यपि कर्णाली प्रदेशका महिलाहरुकोे आर्थिक अबस्था अझै पनि निकै नाजुक नै रहेको पाइन्छ । उच्च गरिबी भएको क्षेत्रहरुमा महिलाहरुको अवस्था झन कमजोर रहेको छ । धेरै जसो महिला अनुत्पादन र घरायसी काम–काजमा व्यस्त हुन्छन्, यहाँका । माथि उल्लेखित तथ्यलाई मध्यनजर राख्दै वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम ल्याएको छ । उक्त कार्यक्रममार्फत धेरै युवा महिलाहरुलाई टेम्पुड्राइभर, ढाका बुनाई लगायत विभिन्न व्यवसाय तथा उत्पादनमुखी कार्यमा जोड दिइएको छ ।

कर्णालीमा साक्षर भन्दा निरक्षर आमाहरुको बाल मृत्यूदर बढी हुने गरेको तथ्यांकले देखाएको छ । लैंगिक अनुपात ९५.२७ प्रतिशत रहेको कर्णाली प्रदेशमा नगरपालिकाहरुको जनसंख्या ५२.१ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुको जनसंख्या ४७.९ प्रतिशत रहेको छ । कर्णाली प्रदेशका धेरैजसो महिलाहरु वा ३७.९ प्रतिशत महिलाहरुको पहिलो विवाह १८ देखि २० बर्षको उमेरमा हुने गरेको देखिन्छ । कर्णालीमा बालविवाह गर्ने र माध्यमिक शिक्षा पूरा नगर्नेको संख्या बढी छ, जसले गर्दा प्रति एक लाखमा जीवित जन्ममा १७२ आमको मृत्यू हुन्छ । औषत आयु ६३ अर्ष भएको कर्णाली प्रदेशमा महिलाको स्वास्थ्य अवस्था निकै कमजोर छ । कम उमेरमा विवाह र २० वर्षभन्दा पहिला नै बच्चा हुने हुँदा र पोषिलो खानाको कमीले यहाँका आमाहरुले पाठ्यघर खस्ने लगायतका प्रजनन् स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु भोगिरहेका छन् ।

करिब ३५ प्रतिशत महिला घरमा नै सुत्केरी हुने गर्छन् । भौगोलिक विकटता र अपायक स्वास्थ्य चौकी भएकाले कतिपय अवस्थामा बाटोमा नै सुत्केरी भएको तितो यथार्थता कर्णाली प्रदेशमा देखिन्छ । कतिपय दीर्घ र मानसिक रोगी महिलाहरुले उपचार गर्न नसकी घरबाट अपहेलित भई विभिन्न खालका हिंसाका सिकार भएर बाँच्नु परेको अवस्था छ । स्वास्थ्य सम्बन्धी चेतनाको कमी, महिला स्वास्थ्य शिविर र चेकजाँचमा कमी, दरबन्दिअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको कमी, महिला स्वास्थ्यकर्मीको कमी हुँदा ग्रामिण समुदायका महिलाहरुको स्वास्थ्यमा खासै सुधार हुन सकेको छैन ।

मानवीय व्यवहारमा परिवर्तन गरी जीवनमा सकारात्मक परिवर्तन ल्याउने तेस्रो नेत्र नै शिक्षा हो, मानव जीवनको शुरुवातसँगै शिक्षाको थालनी अनौपचारिक, अनियमित आदी तरिकाबाट अगाडि बढेको पाइन्छ । जनगणना २०७८ अनुसार नेपालमा कुल साक्षरता ७६. २% रहेको छ । जसमा पुरुष साक्षरता ८३.६% र महिला साक्षरता ६९.४% रहेको छ । २०७८ को जनगणना अनुसार कर्णाली प्रदेशको युवा साक्षरता दर ६६.१७% रहेको छ । महिला साक्षरता भने ६९.४% देखिन्छ । यस प्रदेशको १० जिल्ला मध्ये सुर्खेतमा साक्षरता दर सबैभन्दा बढी ७४% र कालीकोटमा सबैभन्दा कम ६३.६४% रहेको छ। कर्णाली प्रदेशको कुल जनसंख्याको ३.१ प्रतिशतमा देखिएको अपांगतामा महिला ४४.४ प्रतिशत छन् ।

वीरेन्द्रनगर नगरपालिकाका नगर–प्रमुख मोहनमाया ढकालले सोमबार वीरेन्द्रनगरमा आयोजित प्रथम महिला सम्मेलनमा प्रस्तुत गरेको विचारमा आधारित

 

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *