• बैशाख २५, २०८१
  • No Comment
  • 65

रारा कप खुल्ला महिला/पुरुष कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबारबाट रारा तालको किनारमा सुरु हुन लागेको कर्णाली प्रदेश स्तरीय रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

मुगु जिल्ला खेलकुद विकास समतिका अध्यक्ष वीरेन्द्रबहादुर मल्लका अनुसार पहिलो पटक कर्णालीको प्रमुख पर्यटकीय स्थल राराको किनारमा आयोजना हुन लागेको प्रदेश स्तरीय रारा कप खुल्ला महिला/पुरुष कबड्डी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोलि बिहान ७ बजे देखि प्रतियोगिताका सम्पूर्ण गेमहरु संचालन हुने जानकारी दिए ।

अध्यक्ष मल्लका अनुसार प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पुरुष कबड्डी टिमको सहभागिता रहेको छ भने डोल्पा,हुम्ला र रुकुमपश्चिम बाहेक अन्य ७ जिल्लाबाट महिला कबड्डी टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सहभागि हुन मंगलबार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल लगायत खेलकुद परिषदका पदाधिकारी र कर्णाली प्रदेशका १० वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र सचिवहरु अहिले रारामा पुगिसकेका छन् ।

मुगुको माझघट्ट र हुटुमा खेलाडी र सम्पूर्णको बासस्थानको व्यवस्थापन गरिएको छ भने प्रतियोगिताको अबधिभर खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल र सुरक्षाकर्मी गरी जम्मा ३५२ जनाको सहभागिता रहने अध्यक्ष वीरेन्द्र बहादुर मल्लको भनाई छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय धामि,झाँक्रि सहित विभिन्न साँस्कृतिक प्रस्तुती रहने छ । प्रतियोगितको उद्घाटन बुधवार विहान ११ः०० बजे हुने छ भने उक्त प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति जीत बहादुर मल्लले गर्ने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खबर

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

 गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम…
चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…

Leave a Reply

Your email address will not be published. Required fields are marked *