• बैशाख २६, २०८१
  • No Comment
  • 8

चीनद्धारा हुम्लाको नाम्खा गाउँपालिकालाई खाद्यान्न सहयोग

सुर्खेत। छिमेकी राष्ट्र चीनले हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनको सीमा जोडिएको जिल्लाका स्थानीय तहलाई उपलब्ध गराउने सहयोग अन्तर्गत सो सहयोग गरेको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार चीन सरकारले गाउँपालिकाका लागि खाद्यान्न र सोलार सहयोग गरेको छ । चीनद्वारा सिमा जोडिएका जिल्लाका स्थानीय तहलाई गर्ने सहयोग अन्तर्गत यो सहयोग उपलब्ध भएको छ । चीनले हिल्सामा उपलब्ध गराएको खाद्यान्न र सोलारलाई गाउँपालिकाले सबै वडामा वितरण गरेको छ।

चीनबाट प्राप्त खाद्यान्न सहयोगमा २५ केजीका एक हजार बोरा चामल, २५ केजीकै एक हजार बोरा मैदा, २५ केजीकै एक हजार बोरा चिनी, १० केजीको एक हजार प्याकेट नुन र २५० कार्टुन तेल रहेको छ । प्राप्त खाद्यान्न वडा नं। १ देखि ५ का स्थानीय बासिन्दालाई एकरएक बोरा चामल, मैदा, चिनी, १० केजी नुन र पाँच लिटर तेल वितरण गरिएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका लागि वडाध्यक्षको जिम्मा लगाइएको र लिमी जाने बाटो खुलेपछि वितरण गरिने छ । उक्त गाउँपालिकाभरि ९३८ घरधुरी छन् । त्यसै गरी पाँच केभीको सोलार दुई स्थान र दुई केभीको सोलार ४० स्थानका लागि उपलब्ध भएको अध्यक्ष लामाले बताए । चीन सरकारले खाद्यान्न तथा सोलार सहयोग गरेकोमा उनले गाउँपालिकाका तर्फबाट धन्यवाद व्यक्त गरे । लामो समय खाद्यान्न वितरण हुन नसकेको नाम्खा गाउँपालिकाका बासिन्दालाई यो सहयोगले राहत पुगेको छ ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *