• फाल्गुन १९, २०८०
  • No Comment
  • 72

१ अर्ब रुपैयाँ बराबरको प्याज आयात

काठमाडौँ। चालु आर्थिक वर्षको ७ महिनामा ४ करोड ६९ लाख किलो प्याज आयात भएको छ । सो बापत १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ ।

प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भारतबाट सबैभन्दा बढी धेरै मात्रामा प्याज आयात भएको छ । ४ करोड ६३ लाख किलो प्याज आयात भएको छ । सोबाट १ अर्ब ९३ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ ।

चीनबाट ६ लाख ५० लाख किलो प्याज आयात भएको छ । ६ करोड ६ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । भारत र चीनबाट खानाका लागि ताजा तथा सुकेको प्याज आयात गरिएको हो ।

यस्तै, दक्षिण अफ्रिकाबाट १ सय किलो प्याजको बीउ आयात गर्दा २२ लाख रुपैयाँको खर्च भएको विभागको तथ्यांकमा उल्लेख छ । कोरियाबाट ३० किलो प्याजको बीउ ५ लाख रुपैयाँको आयात भएको छ ।

सम्बन्धित खबर

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

 गर्मी मौसम स्वास्थ्यका लागि चुनौतीपूर्ण हुन सक्छ, तर सही बानी अपनाए स्वस्थ र ऊर्जावान रहन सजिलो हुन्छ। लामो दिन, खुला मौसम…
चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

चौकुने गाउँपालिका ८ कोलगाडमा इन्डक्सन चुलो वितरण कार्यक्रम सम्पन्न

७४ घरधुरी लाभान्वित अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा समाजजागरण केन्द्र स्याक नेपालको सहजिकरणमा चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८…
सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै, १० उत्कृष्ट युवा सम्मानित हुने

सुर्खेतमा वैशाख १९–२० गते ‘कर्णाली युवा महोत्सव’ आयोजना हुँदै,…

सुर्खेत — “कर्णालीबाट पनि युवाहरूले केही गर्न सक्छन्” भन्ने मूल नारासहित कर्णाली युवा महोत्सवको दोस्रो संस्करण आगामी वैशाख १९ र २०…

Leave a Reply

Your email address will not be published. Required fields are marked *