
अछाम । अविरल वर्षाका कारण पहलमान सिंहस्वाँर मार्गअन्तर्गत चौरपाटी गाउँपालिका–६ दुनीमा सडक भासिएको छ। सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पवीन्द्र बमका अनुसार आइतबार बिहान सडक भासिएको हो। सडक मर्मत गरी यथाशीघ्र यातायात सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।



