
भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीपछि क्षतिग्रस्त चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसबाट चार जनाको शव फेला परेको छ।
आयोजनाभित्र बेपत्ता कर्मचारी तथा कामदारको खोजी गर्ने क्रममा बुधबार दिउँसो चारवटा शव भेटिएको आयोजनाका एक इन्जिनियरले जानकारी दिएका छन्।
भदौ १० गते आएको बाढीले चिलिमेसहित रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। त्यसयता आयोजनाभित्र बेपत्ता रहेकाहरूको खोजी भइरहेको थियो।



