
काठमाडौं, साउन १८ — रोल्पामा गएराति भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको लिवाङ आसपास केन्द्रविन्दु भएर राति ३:०७ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सम्बन्धित निकायले अवस्था निगरानी गरिरहेको जनाएको छ।



