
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको अभियानमा आफ्नो दलको पूर्ण साथ रहने घोषणा गरेका छन्र ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्दै नेता शाहीले सुशासनको पक्षमा संसद्, सडक वा प्रधानमन्त्री कार्यालय अगाडि जहाँ उभिनुपर्छ, त्यहीँ उभिन तयार रहेको बताएका छन्र । आवश्यकता परे सरकारलाई समर्थनका लागि हस्ताक्षर, ल्याप्चे वा औँठाछापसमेत दिन तयार रहेको उनकाे भनाइ छ।
तर, शाहीले सरकारको ६ महिनाको अवधिमा ठूला भ्रष्टाचार काण्डका मुख्य नाइकेहरूमाथि प्रभावकारी कारबाही हुन नसकेकोमा प्रश्न उठाएका छन्र । उनका अनुसार, अहिलेसम्म ठूला भ्रष्टाचार प्रकरणका एक जना पनि मुख्य नायक पक्राउ परेका छैनन्।



