
जाजरकोटको नलगाड नगरपालिका-१३, सिउनास्थित हेर्ने भिरको ओडारमा लुकाइराखेको अवस्थामा प्रहरीले ३ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
असोज १६ गते बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय रग्दा, जाजरकोटबाट खटिएको प्रहरी टोलीले सो ओडारमा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएका भरुवा बन्दुकहरू फेला पारेको हो।
प्रहरीका अनुसार बरामद भएका बन्दुकहरूमध्ये २ थान साबुत अवस्थामा रहेका छन् भने १ थानको बट र नाल छुट्टिएको अवस्थामा फेला परेको छ।
फेला परेका ती बन्दुकहरू रीतपूर्वक बरामद गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रग्दामा ल्याइएको छ। यस घटना, बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


