
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत हुम्लाको सर्केगाँड–३ की २६ वर्षीया जटिल प्रसूति समस्या भएकी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जटिल समस्या देखिएकी ती महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत ल्याइएको हो। समयमै हवाई उद्धार गरिएका कारण उनको ज्यान जोखिमबाट जोगिएको छ र अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।


