• भदौ ३०, २०८१
  • No Comment
  • 176

सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

दिलिप कडेल, चौकुने सुर्खेत। बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० अौँ    राष्ट्रिय बाल दिवसको अवसर पारी हिजाे वक्तृत्वकला आयोजना गरिएको थियाे ।

चौकुने गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सिद्धेस्वरी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

यस अवसरमा प्रथम मावि घाटगाउँ का चक्र नेपाली, द्दितिय जगन्नाथ मावि विजाैराका निखिल बुढा क्षेत्री, तृतीय मा वि वेतानका मान वहादुर नेपाली र सान्त्वनामा मा वि लगामका विमल वडुवाल भएका छन् प्रतियोगितामा बोल्दै समाजिक विकास शाखा चौकुनेका संयोजक तथा चौकुने गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कमल जि सिले बालबालिकाले स्थानीय सरकारलाई राम्रो सुझाव दिएको र आगामी दिनमा बालबालिकाको सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले बालबालिकाको विकासका लागि पालिकाले यस अघिदेखि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभएको थियाे । विपन्न परिवारका बालबालिकाहरुलाई पालिकाले छात्रवृत्तिका कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनुभएको छ ।कार्यक्रमको स्वागत मन्तब्य महिला तथा बालबालिका शाखा प्रमुख मनिसा कडेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

झिलीमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

कात्तिक २। तिहारको अवसरमा घर सजाउन झिलीमिली बत्ती जडान गर्ने क्रममा पर्सामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। मृतक १७…
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली…

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय…
पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

पोर्चुगलमा नेपाली युवा जितेन्द्र पाण्डे बेपत्ता, परिवारले खोजीको आग्रह

वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगलमा कार्यरत एक नेपाली युवा जितेन्द्र पाण्डे गत साता सोमबारदेखि सम्पर्कविहीन भई बेपत्ता भएका छन्। तनहुँ जिल्ला भानु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *