• भदौ ३०, २०८१
  • No Comment
  • 256

सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

दिलिप कडेल, चौकुने सुर्खेत। बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० अौँ    राष्ट्रिय बाल दिवसको अवसर पारी हिजाे वक्तृत्वकला आयोजना गरिएको थियाे ।

चौकुने गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सिद्धेस्वरी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

यस अवसरमा प्रथम मावि घाटगाउँ का चक्र नेपाली, द्दितिय जगन्नाथ मावि विजाैराका निखिल बुढा क्षेत्री, तृतीय मा वि वेतानका मान वहादुर नेपाली र सान्त्वनामा मा वि लगामका विमल वडुवाल भएका छन् प्रतियोगितामा बोल्दै समाजिक विकास शाखा चौकुनेका संयोजक तथा चौकुने गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष कमल जि सिले बालबालिकाले स्थानीय सरकारलाई राम्रो सुझाव दिएको र आगामी दिनमा बालबालिकाको सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका उपाध्यक्ष नर बहादुर बान्तोलाले बालबालिकाको विकासका लागि पालिकाले यस अघिदेखि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको बताउनुभएको थियाे । विपन्न परिवारका बालबालिकाहरुलाई पालिकाले छात्रवृत्तिका कार्यक्रम समेत सञ्चालन गर्दै आएको बताउनुभएको छ ।कार्यक्रमको स्वागत मन्तब्य महिला तथा बालबालिका शाखा प्रमुख मनिसा कडेलले गर्नुभएको थियो ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *