• भदौ २७, २०८१
  • No Comment
  • 390

आमासँगै गोठाला गई घरमा फर्केकी चौकुने गाउँपालिका वडा न ८ सुर्खेतकी अमृता बि क ८ दिनदेखि वेपत्ता

दिलिप कडेल, चौकुने सुर्खेत । आमा सँगसँगै गोठाला गई दिउँसो ४ बजेतिर घर जान्छु भनेर जंगलबाट घरतिर हिडेकी अमृता ८ दिनदेखि वेपत्ता भएकी छन् । सुर्खेत पश्चिमको चौकुने गाउँपालिका –८ किथौरे की अमृता बि क भदौ २० गतेबाट वेपत्ता भएकी हुन् ।

८ वर्षीय अमृता आामा सँगै बाख्रा चराउन गएकी र अामाले जंगलबाट घरमा पठाएको तर अहिलेसम्म घर नफर्किएको वडा न . ८ का स्थानीय समाजसेवी तथा बुद्धिजीवी बिष्णु सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएको दिनदेखि नै खोजी कार्य जारी राखेपनि हालसम्म उनी कतै भेटिएकी छैनन् । आफन्तहरुले अमृताको खोजीका लागि प्रहरीचौकी गुटुमा निवदेन दिएका छन् ।

आफन्तले प्रहरीमा दिएको निवेदन अनुसार भदौ २० गते दिउँसो ४ बजे जंगलबाट घरतिर पठाएको र घर नफर्कीएको उल्लेख गरेका छन् । प्रहरी र आफन्तहरुले उनको अवस्थाबारे खोजी जारी राखेपनि अमृताको अवस्थाबारे पत्ता लाग्न नसकेको परिवारफ श्रोतले जनाएको छ । आफन्तहरुले अमृतालाई कहि कतै देख्नु वा भेट्नु भयो भने नजिकैको प्रहरी कार्यलय वा मोबाइल नम्बर ९८४८१५६९३५ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *