• भदौ २७, २०८१
  • No Comment
  • 312

आमासँगै गोठाला गई घरमा फर्केकी चौकुने गाउँपालिका वडा न ८ सुर्खेतकी अमृता बि क ८ दिनदेखि वेपत्ता

दिलिप कडेल, चौकुने सुर्खेत । आमा सँगसँगै गोठाला गई दिउँसो ४ बजेतिर घर जान्छु भनेर जंगलबाट घरतिर हिडेकी अमृता ८ दिनदेखि वेपत्ता भएकी छन् । सुर्खेत पश्चिमको चौकुने गाउँपालिका –८ किथौरे की अमृता बि क भदौ २० गतेबाट वेपत्ता भएकी हुन् ।

८ वर्षीय अमृता आामा सँगै बाख्रा चराउन गएकी र अामाले जंगलबाट घरमा पठाएको तर अहिलेसम्म घर नफर्किएको वडा न . ८ का स्थानीय समाजसेवी तथा बुद्धिजीवी बिष्णु सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार हराएको दिनदेखि नै खोजी कार्य जारी राखेपनि हालसम्म उनी कतै भेटिएकी छैनन् । आफन्तहरुले अमृताको खोजीका लागि प्रहरीचौकी गुटुमा निवदेन दिएका छन् ।

आफन्तले प्रहरीमा दिएको निवेदन अनुसार भदौ २० गते दिउँसो ४ बजे जंगलबाट घरतिर पठाएको र घर नफर्कीएको उल्लेख गरेका छन् । प्रहरी र आफन्तहरुले उनको अवस्थाबारे खोजी जारी राखेपनि अमृताको अवस्थाबारे पत्ता लाग्न नसकेको परिवारफ श्रोतले जनाएको छ । आफन्तहरुले अमृतालाई कहि कतै देख्नु वा भेट्नु भयो भने नजिकैको प्रहरी कार्यलय वा मोबाइल नम्बर ९८४८१५६९३५ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *