• भदौ २३, २०८१
  • No Comment
  • 50

बाँकेमा झाडाबान्ताका कारण एक जनाको मृत्यु

जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका-५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए ।
उनले भने,“परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् ।

तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।

सम्बन्धित खबर

चाडपर्वमा सुरक्षाका लागि प्रहरीसहित ताालिम प्राप्त कुकुर परीचालन

चाडपर्वमा सुरक्षाका लागि प्रहरीसहित ताालिम प्राप्त कुकुर परीचालन

चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी सहित तालिमप्राप्त कुकुरहरु परिचालन गरिएको छ । भयरहित…
बाँकेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बाँकेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बाँकेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सुर्खेतको भेरीगंगा नगरपालिका-९ का महेन्द्र विक…

Leave a Reply

Your email address will not be published. Required fields are marked *