• भदौ १९, २०८१
  • No Comment
  • 190

पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।

उक्त राज्यमा एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपश्चात विधानसभाले पारित गरेको हो ।

अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो ।

राज्य विधानसभाले पारित गरेको तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी उक्त कानूनले महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दाप्रति आक्रोश व्यक्त गरेको छ । भारतको फौजदारी संहिता मुलुकभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म प्रतीकात्मक छ । यद्यपि राष्ट्रपतिको अनुमोदनले अपवाद बनाउन सक्छ र यो राज्यको कानून बन्न सक्छ ।

कानूनले बलात्कारका लागि सजायलाई वर्तमानको १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोकेको छ । चिकित्सकको हत्यापछि चिकित्सकहरूले हडताल गरे र भारतभर हजारौँ सर्वसाधारणले समर्थनमा जुलुस निकाले । यद्यपि चिकित्सकहरू काममा फर्किसकेका छन् ।

यस अघि पनि बलात्कारका घटनाहरू धेरै भइसकेका छन ।

भारतमा मृत्युदण्डको सजाय प्राय वर्षौंको अपिलले रोकिन्छ । मृत्युदण्ड सामान्यतया झुन्ड्याएर दिइन्छ ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *