• भदौ १८, २०८१
  • No Comment
  • 232

अक्सिजनको कमीका कारण नवजात शिशुको मृत्यु

रौतहटको  बौधीमाई नगरपालिकाको स्वास्थ्य चौकीमा अक्सिजनको अभावका कारण नवजात शिशुको मृत्यु भएको छ ।

बौधिमाई -४  इनरवारीस्थित स्वास्थ्य चौकीमा अक्सिजन अभावमा एक जना नवजात शिशुको मंगलबार बिहान मृत्यु भएको हो ।

बौधीमाई नगरपालिका- ४ का गौरीशंकर पटेलका अनुसार आज बिहान पौने ३ बजे इनरवारी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा छोरीको जन्म भएको थियो ।

शिशुलाई समस्या देखिएपछि थप उपचारका लागि वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुदा मृत्यु भएको पिडित पटेलले बताए ।

थप उपचारको लागि बिहान ५ बजे नवजात शिशुलाई वीरगन्जस्थित तराई अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । इनरवारी स्वास्थ्य चौकीले अक्सिजन अभावमा शिशुको मृत्यु भएको स्वीकार गरेको छ ।

नर्मल जन्मिएको बच्चा नरुँदा परिवारजन तथा अस्पतालका कर्मचारीहरू आत्तिएर शिशुलाई थप उपचारका लागि वीरगञ्ज पठाएको थियो । तर एम्बुलेन्सको अक्सिजन सिलिन्डरमा अक्सिजन नहुँदा बच्चाको मृत्यु भएको थियो ।

बौधीमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादवले एम्बुलेन्सको अक्सिजन नहुँदा शिशुको मृत्युको दुःखद घटना भएको बताएका छन् ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *