• भदौ ७, २०८१
  • No Comment
  • 274

वीरेन्द्रनगरमा अबैध काठ बोकेको जीपसहित एक जना पक्राउ

 

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर धुलाबिटमा अबैध गोलिया काठ बोकेको बोलेरो जीपसहित एक जना पक्राउ परेका छन ।

विहिबार राती लेकबेशी नगरपालिका -९ बाट वीरेन्द्रनगर- ११ तर्फ आउदै गरेको लु २ च २२३ नम्बरको बोलेरो जीपसहित एक जनालाई डिभिजन वन कार्यालय सुर्खेतको गस्ती टोलीले धुलाविटमा रंगेहात पक्राउ गरेको हो ।
तस्करीमा संलग्न वीरेन्द्रनगर – २, फलाटेका धनिराम चौधरीलाई पक्राउ गरेको छ ।
गस्ती टोलीले चौधरीसहित बोलेरो जीप, मोटरसाइकल र ४९.७२ क्यूफिट गोलिया काठ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले लाईका खबरलाई बताए ।

वनको गस्ती टोली देख्ना साथ भागेका चार जना काठ तस्कर मध्य कर्णाली प्रदेश-०२-००१प-९६६७ नम्वरको मोटरसाइकलमा सवार धनिराम चौधरीलाई मात्र पक्राउ गर्न सफल भएको जनाए ।

उपरीक्षक खड्काका अनुसार सबै मुचुल्का तयारी गरी काठ, बोलेरो जीप र बाइक डिभिजन वन कार्यालय सुर्खेतलाई बझाएको र अन्यको खोजि कार्य भइरको जनाए ।

सम्बन्धित खबर

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

काठमाडौं । पछिल्लो समय वायु प्रदूषण बढेसँगै धेरै मानिसमा घाँटी खसखस हुने, चिलाउने, बारम्बार खकार निकाल्न मन लाग्ने तथा खोकी लागिरहने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *