• साउन ३२, २०८१
  • No Comment
  • 215

सोलुखुम्बुमा बाढीमा परि तीन घर पुर्ण क्षती

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा ठूलो बाढीका कारण तीन वटा घर पुर्ण रूपमा क्षती पुगेकाे छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार शुक्रबार दिउँसो माथिबाट एक्कासी आएको  ठुलाे बाढीले तीन घरकाे क्षती गरेकाे  हो । प्रमुख अधिकारी पाण्डेका अनुसार चार/पाँच वटा घर बाढीको जोखिममा रहेका छन । भने एउटा होस्टेल आधा बगाएको छ ।

बाढी आउनुको कारण पहिरोले खोला थुनिएर पछि बाढी आएकोजस्तो देखिएको उनको भनाइ छ ।

उनले भनिन्,’पहिरोको कारणमा चाहिँ यसो हेर्दा खेरी पहिरोले खोलालाई अलिकति रोकेर त्यहीँबाट खोला गएकोजस्तो देखिन्छ । हिमपहिरो अाएकाे हुन सक्ने,  अहिले हेर्दाखेरी । तर यकीन हुनसकेको छैन।’

अहिलेसम्म मानवीय क्षतिको विवरण आइनसकेको र पाँच/सात जनालाई नेपाली सेनाले उद्धार गरेको प्रजिअ पाण्डेले जानकारी दिइन ।
नेपाली सेनाको टोलीले उद्धारका लागि परेको छ । बाकि अपडेट आउन बाँकि रहेको छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *